भारतको मन्दिरमा ५ सय र हजारको नोट चढाउनेको भीड, बोरामा राखेर जलाए पैसा



गलत धन्दा गरेर कमाएको नगदमाथि भारत केन्द्रीय सरकारले अंकुश लगाउन पाँच सय र हजारको नोटमाथि प्रतिबन्ध लगाएपछि भारतका केही मन्दिरमा भेटी चढाउनेको भिड बढेको छ ।


केही व्यक्तिले भने आफ्नो अस्वभाविक कमाइ लुकाउन मन्दिर र शिखहरूको गुरुद्वारलाई पैसा साट्ने माध्यम समेत बनाएका छन्।

पञ्जावको लुधियाना, पटियाला र अमृतसरजस्ता शहरहरूमा पाँच सय र हजारको नोट दिएर त्यसको सट्टा सय–सयको नोट लिन थालेका छन्।

बैंक र अन्य सरकारी कार्यालयबाट पैसा सटही गर्दा आफ्नो रेकर्ड रहने र पछि आयकर विभागले छापा मार्ने डरले थुप्रै व्यक्तिहरूले मन्दिर र गुरुद्वारको सहारा लिन थालेका हुन्। सरकारले हालसम्म धार्मिक स्थलमा चढाएको दान–दक्षिणाको छानबिन गर्ने गरेको छैन। पञ्जावका मन्दिर तथा गुरुद्वारले दैनिक लाखौ रुपैयाँ दानको रुपमा कमाउने गर्छन्।

प्रहरीका अनुसार तीनवटा बोरामा ल्याइएको रकम एउटा फ्याक्ट्रीको पछाडि लगेर जलाइएको छ। जसमा करौडौं रुपैयाँ हुन सक्ने अनुमान गरिएको छ।
-डिसीनेपाल डटकम
SHARE

About

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment